उमेश तिवारी

मेरो देशमा
भाले बास्न छोडेको
बषौँ भएछ
साएद
उज्यालो नभएको पनि बर्षौ भयो होला
भाले बाँस्ने समयमा,नारिहरु कराउछ्न
तर पनि म मस्त निन्द्रामा छु
उठ्नु पनि कसरी
भाले बासेकै छैन
उज्यालो भएकै छैन
किन दिए रु
पुर्खाले भाले बास्दा बिहानी को संकेत
हामिले के संकेत दिएर जाने
नारी कराउदा
बिहानी या साझ
हासो या आँसु
के दिने संकेत रु
साएद
नेपाली चेलिका पिडाका गित सुन्नमै
बेस्त भएर होला
त्यो कोहिलिले पनि
गित गाउँन छोडेको १
सिमानामा
गोर्खालिका रगतका खोलाहरु सुकेको पनि
बषौँ पुगेछ
साएद
नारिका रगतले देश रातै भएर होला
सिमाना छोडेर
गोर्खाली नारी संग युद्ध गर्ने पुगेको
यात्रामा
चालक देखि
स्कुलमा गुरु देखि
मन्दिरमा पुजारी देखि
घरमा आफ्नै बा देखि
अझै कहिलेसम्म बलात्कार हुनपर्छ नारिहरु
त्यो न्यायलय देखि रु
सोच्नै पर्ने भएको छ
युद्ध गर्नै पर्ने भएको छ
मेरो बहिनिलाइ निर्मला र सम्झना हैन
सम्झ्ना र निर्मला लाई मेरो बहिनी बनाउन पर्ने छ
के कुनै नारिलाइ बलात्कार गर्नु
आफ्नै आमालाइ बलात्कार गर्नु हैन
के नारी आफ्नै आमाको प्रतिबिम्ब हैन
यहाँ अशिक्षित
चराहरु जनावरहरु
सदैव बस्त्रबिहिन छ्न
त्यहा बलात्कार छैन
तर मानव शिक्षित र बस्त्रले भरिपुर्ण छ्न
यहाँ बलात्कार नै बलात्कार छ
अब हामी मानव हैन जनावर हुन आवस्यक छ।
समाजले फालिएकी म
आफ्नै बाले फालिएकि म
मेरो लागि न्यायको मुख टालिएको छ
म दर्जनौ बाट लुटिएकी नारी हु
आफ्नै बा बाट लुटिएकी नारी हु
कति खुलेर दौडिन्छ्न मलाइ बर्बाद पार्नेहरु
तर म मौन छु
किन कि म नारी हु
ए कानुन बनाउने नारिहरु सुनन
तिमी हामी जस्तै हैन र रु
पैसाले बिकेको मेरो देशको पनि आज बलात्कार भएको छ
छिमेकी देखि
आफ्नै अस्तित्व त बचाउन नसकेको मेरो देशले
के मेरो इजत बचाउलारु