जुम्ला । नेपालकै ठुलो ताल रारा जाने पैदममार्गमा कृतिम ताल निर्माण गर्न लागिएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ मालिका बोताको रोतमा कृतिम ताल निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरिएको छ ।

रारा जाने पैदलमा मार्गमा पर्ने रोतमा कृतिम ताल निर्माणको लागि ४ करोड ८६ लाखको ९डीपीआर० तयार भएको वडा अध्यक्ष शेर बहादुर रावतले जानकारि दिएका छन् ।

प्राकृतिक सुिन्दरताले भरिपुर्ण रोतलाई पर्यटकिय गन्तव्य बनाउन कृतिम ताल निर्माण गर्न लागिएको उनको भनाई छ । ‘साविकको मालिकाबोता गाउँ विकास समिति हाल कनकासुन्दरी २ बाट पैदलयात्रीहरु रोत हुँदै राराताल सम्म पुग्छन्, एकठाउँमा मात्र ड्याम बाध्न सके सजिलै ताल बन्छ’ वडा अध्यक्ष रावतले भने ।

‘हिमालको काखैमा १ किलो मिटर लम्वाई र ३ सय मिटर चौडाईमा कचौरा आकारमा फैलिएको रोत तिर्थ स्थल पनि हो, ताल बनाउन लागिएको बिचमा रहेको ढुंगालाई स्थानीयले पुजा गर्दै आएका छन ।’ एक ठाउँ बाट मात्रै पानी बग्ने रोत आफैमा ताल जस्तो भएकोले त्यसमा ड्याम बाँधेर पानी भर्न सके पर्यटकिय गन्तब्य बन्ने उनले बताए ।

सिङ्गो कनकासुन्दरी गाउँपालिकालाई वितरण गर्ने उदेश्यले रोतहुदै बग्ने खोला बाट ९० किलोवाटको विद्युत उत्पादन गरिएको छ । प्रचुर सम्भावना बोकेको रोतलाई पर्यटकीय गन्तव्य बनाउन तिनै तहका सरकारले चासो देखाउनु पर्ने वडा अध्यक्ष रावत बताउन्छन् ।

उनि भन्छन्,‘ अहिले रोत हुदै बग्ने खोलाकै पानीले ७०० मिटर लामो पाईप जडान गरि ९० किलोवाट विद्युत उत्पादन गर्न सफल भयौं, अव ताल पनि निर्माण गर्ने अठोट छ ।’ खसभाषा को उद्गम थलो सिंजा घुम्न आउने पर्यटकलाई बढि समय भुलाउन यो क्षेत्रले विशेष भुमिका खेल्ने स्थानीय बम बहादुर रावतले बताए ।

प्राचिन सभ्यता झल्काउने ढुंगेधाराहरु लोप भइसके, तर यहाँका स्थानीयले ंसंरक्षण गरेका छन्, पैदलमार्ग हुदै रारा जाने सबै पर्यटकले ढुंगेधारा अवलोकन गर्छन, यसको उचित प्रचार प्रसार हुनसके पर्यटन बाटै जनताको जीवनस्तर सुध्रने सम्भावना छ।’ उनले भने । पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेकोले ताल बनाएर ती स्थानहरूको प्रवद्र्धन गर्ने योजनामा जुटेको उनले बताए । उनका अनुसार पहिले गाउँटोलमा प्रसस्त ढुंगेधारा थिए, अहिले लोप भईसकेका छन् ।

तर मालिकाबोताका स्थानीयले रोत पुग्ने बाटोमा मौमुल अर्थात ९ वटा प्राचिन ढुंगेधारालाई संरक्षण गरेर राखेका छन् । यसले पनि पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने स्थानीयको विश्वास छ ।

स्थानीय जयलाल रावतका अनुसार रोत बाट रारा ताल पुग्न साढे दुई घण्टामा पुगिन्छ । कृतिम ताल निर्माण गर्न सकिए पैदलमार्ग बाट रारा जाने पर्यटक बढ्ने र स्थानीयको आयआर्जनको बाटो खुल्ने उनको विश्वास छ ।

रारा राष्ट्रिय निकुञ्जले समेत मालिका बोताको रोता हुदै रारा पुग्ने बाटोलाई जैविक मार्ग तोकेकोले कृति ताल निर्माण हुन सके पर्यटक मग्नमुग्ध हुने र स्थानीयको जीवनस्तरमा समेत सुधार आउने निकुञ्जमा कार्यरत कर्मचारि डिल्लि रावतले बताए ।