सुर्खेत । समाजसेवी हरि विष्टले सुर्खेतकी अति विपन्न परिवारकी शिला नेपालीको व्यक्तिगत खर्चमा उपचार गरेर जीवन बचाइदिएका छन् ।

वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई विगत केहि महिना देखि पित्त थैलिमा पथ्थरको समस्या भएर निकै समस्या बनाएको थियो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएका शिलाका श्रिमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले कामनै नपाउने अवस्थाका कारण उपचार त के छाकटार्नै मुस्किल परेको हो ।

भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको शिलाले बताउनुभयो ।

आर्थिक स्थिति कमजोरीका कारण छोराछोरिले पढ्न नपाएको उहाँले दुखेसो पोख्नुभयो । पहिला आफ्नो भिनाजुलाई पनि सहयोग गरेको हुनाले आफुलाई पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वासले बिष्टलाई जानकारी गराएको शिलाले बताउनुभयो । अस्पतालमा भर्ना भएदेखि डिष्चार्ज हुदाँ सम्म सबै खर्च व्यहोरेको र आफ्नो ज्यान बचाइदिएको भन्दै बिष्टलाइ धन्यवाद व्यक्त गर्नुभयो ।

कोरोना महाँमारी बाट बच्नु एउटा समस्या छ भने दैनिक ज्याला मजुदर गर्ने वर्गमा कस्तो असर परेको होला भन्ने चिन्ताले आफुलाई पिरोलेको भन्दै सहयोग गर्नुपर्छ भन्ने भाव आएकाले धेरैलाई आफुले सहयोग गरेको समाजसेवी हरि विष्टले बताउनुभयो।

यो भन्दा पहिला पनि थुप्रै बिरामीहरुलाई अस्पतालमै पुगेर सहयोग गर्ने गरेको बताउदै दुनियाले जे सुकै भने पनि आफु निस्वार्थ रुपमा सेवाको भाव बोकेर सहयोगको काम गरेको बिष्टले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विष्टलाई अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले ‘कोभिड १९ हिरो’ अवार्डबाट सम्मान समेत प्रदान गरिसकेको छ । कोरोना महामारीको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न, आर्थिक उपचारलगायत सामाजिक कार्य गरेबापत उहाँलाई सम्मानित गरिएको हो ।

बिष्टले गरेका सम्पुर्ण सहयोग अहिले सम्म आफै व्यक्तिगत खर्चमा गरेको उनले जानकारी गराए ।बिष्ट खेलाडी,संगीतकार,कलाकार ,सुर्खेत उधोग वाणिज्य संघ का सदस्य र तरुण दल सुर्खेत को जिल्ला अध्यक्ष समेत हुन ।