सुर्खेत । कर्णाली प्रदेश टेबल टेनिस संघ सुर्खेतको मिति २०८० चैत्र १५ मा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशनले मनिष गहतराजलाई निर्विरोध बरिष्ठ उपाध्यक्ष चयन गरेको छ । सथै उक्त अधिवेशनबाट अध्यक्षमा देविराम देवकोटा, बरिष्ठ उपाध्यक्षमा मनिष गहतराज, उपाध्यक्षमा राजीव महर्जन, सचिवमा हिक्मत बहादुर मल्ल, कोषाध्यक्षमा दिपक खड्का लगायतका ३ सदस्यीय प्रदेश समितीको निर्विरोध रुपमा गठन भएको छ । सुर्खेतमा जिल्ला खेलकुद विकाश समिति सुर्खेतका सदस्य सचिव जगत प्यकुरेलको अध्यक्षता र कर्णाली प्रदेश खेलकुद बिकास परिषद वोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतित्थता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सदस्यहरु सेवक शर्मा, कमला खड्का भारती, र हृदय रिमाल।

कर्णाली प्रदेशलाई आफ्नो कार्यकालमा प्रदेश हुदै राष्टिय स्तरमा चिनाउने खेलाडि उत्पादन गर्ने र आफ्नै भौतिक संग्रचना बनाउने मेरो पहिलो प्रथामिकता भएको बरिष्ठ उपाध्यक्ष गहतराजले सेतोपक्षिलाई बताइन ।

कर्णाली प्रदेश टेबुलटेनिष संघका सम्पूर्ण टिम
अध्यक्ष – देबिराम देबकाेटा, कालिकोट
बरिष्ठ उपाध्यक्ष – मनिष गहतराज, सुर्खेत
उपाध्यक्ष – राजिव महर्जन, सल्यान
सचिव – हिक्मत ब.मल्ल, सुर्खेत
काेषाध्यक्ष – दिपक खड्का, दैलेख
सदस्य – सेवक शर्मा, रूकुम पश्चिम
सदस्य – कमला खड्का भारती, सुर्खेत
सदस्य – हृदय रिमाल, सुर्खेत