सुर्खेत । डा. बाबुराम भट्टराईले एउटा कार्यक्रममा भनेका थिए ‘चप्पल लगाएर सडकमा हिड्ने नेताहरु कसरी रातारात काठमाडौंमा आलिसान महल, पजेरो लगाएतका यत्रो सम्पती कहाँबाट जोडेँ । यसको छानविन गर्न आवश्यक छ ।’
अहिले जनप्रतिनीधिहरुले दशैं भत्ता लिएको बिषयमा जनस्तरमा आलोचना शुरु भएको छ । जनस्तरमा आलोचना शुरु भएपछि केही जनप्रतिनीधिहरुले भत्ताको रकम फिर्ता गर्न शुरु गरेका छन् । केही हुने खाने जनप्रतिनीधिहरुले रकम फिर्ता गर्न शुरु गरेको भएपनि हुँदा खाने जनप्रतिनीधिहरुलाई यसले सकस पारेको छ ।
दशैंको बेला कर्मचारी तथा अन्यलाई दशैं भत्ता दिने गरिएको भएपनि संघीय गणतन्त्रको स्थापना भएपछि जनप्रतिनीधिहरुलाई पनि दशैं भत्ता उपलब्ध गराउने कानुन बनाएका छन् । त्यही कानुन अनुसार दशै भत्ता अहिले तीन तहका सरकारले वितरण गरे ।
सांसदहरुको तलवमा पार्टीको लेवी अन्य कोठाभाडा लगाएतका अन्य खर्चले खर्च धान्न धौधौ हुने गरेको कर्णाली प्रदेशका एक सांसदले जानकारी दिए । ‘हाम्रो तलव ४५ हजार हो । त्यहीमा १० हजार पार्टीले काट्छ । परिवारिक खर्च, कार्यक्रतालाई चिया खुवाउन तलवले पुग्ने कुरै छैन् ।’ उनले भने,‘त्यसका लागि कि त भ्रष्टाचार गरेको हुनुपर्यो । त्यो पनि आउँदैन् । अनि कसरी परिवार कसरी पाल्ने । यही दशैं भत्ताको बिषयमा आलोचना गर्छन् ।’
भ्रष्टाचार गर्ने नेताका लागि केही लोकप्रियता कमाउनका लागि दशै भत्ता फिर्ता गरेको भएको पनि आफ्नो लागि त्यही खर्च फिर्ता लगे कसरी दशैं मनाउने भन्ने पिरलो रहेको ती सांसदले बताए । ‘संसदमा विनोद चौधरीको प्रतिनीधित्व पनि रहेको छ । मेरो पनि रहेको छ । विनोद चौधरी सम्पती छ भन्दैमा अरु इमान्दार सांसदहरुको पनि हुन्छ भन्ने केही छैन् ।’
कोरोना महामारीका कारण अर्थतन्त्र समस्याग्रस्त भएको र आर्थिक विकास अवरुद्ध रहेका कारणले सांसदहरु पनि समस्या परेको केही भ्रष्ट नेताहरुका कारणले इमान्दारहरु पनि त्यही घानमा पर्नु परेको ती सांसदले बताए । ‘जोसँग जे–जति स्रोत साधन उपलब्ध छ, त्यसको वितरण र प्रयोगले लाभ लिने हो ।’ उनले भने,‘इमान्दारहरुलाई पनि बेइमानको ठाउँमा राखिदा समस्या भएको छ ।’
दशै भत्ता किन
नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा सरकारी तथा गैरसरकारी क्षेत्रका संघसंस्थाहरुमा काम गर्नेहरुलाई दशैं तिहारको उपलक्ष्यमा नै एक महिना तलव बराबरको रकम दिने विगतदेखि नै प्रचलनमा आएको थियो ।
त्यही प्रचलन अनुसार नै सरकारी कर्मचारी तथा जनप्रतिनीधिहरुलाई एक महिना तलव बराबरको रकम जनप्रतिनीधिहरुलाई दिएको हो ।
अन्य बेलाभन्दा दशैं तिहारमा दान दक्षिणा दिनु पर्ने बढी खर्च हुने भएका कारणले पनि दशैं तिहारमा एक महिना बराबरको तलव रकम थप दिने गरिन्छ ।