राप्रपा नेपालले आज पर्साको बिरगञ्जमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पूर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो ।

“हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको बाताबरण तयार गर्नेछौ,अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ” । राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल,वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।