काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । ७ जना केन्द्रीय सदस्यसहित पार्टी कार्यालयका १९ जनामा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसीलगायतका नेताहरुमा कोरोना संक्रमण भएको छ ।

पार्टीका केन्द्रीय सदस्य र अन्य व्यक्तिमा कोरोना देखिएपछि २४ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता शर्माले बताए । बैठकको पूर्वतयारीका लागि गएको १५ गते पिसिआर परीक्षण गरिएको थियो । बैठक भोलिका लागि बोलाइएको थियो ।

नेताहरु र पार्टी कार्यालयमा कार्यरतमा कोरोना पुष्टि भएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपा २२ गतेसम्मका लागि बन्द गरिएको छ । आज बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारी बैठक पनि कोरोनाकै कारण स्थगित भएको थियो ।