८ कार्तिक,काठमाडौं।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको दम्पतिलाई नै कोरोना संक्रमण भएको छ।  

शनिबार बिहान सामािजक सञ्जालमार्फत डा.भट्टराईले आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी दिएका छन्। उनिहरुको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो।

‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ।केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईले भनेका छन्।