१६ कार्तिक,काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री शाहीले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएको भन्दै ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफूले राजीनामा नदिने बताए । कसरी अगाडि बढाउने भन्ने मुख्यमन्त्रीकै हातमा रहेको उनले बताए । उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए ।

यो समाचार पनि पढ्नुहोस्

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढिरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीपक्षबाट सरकारमा सहभागी दुई मुख्यमन्त्री आज बर्खास्त गर्दैछन् । कर्णाली प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने सूचना मुख्यमन्त्रीबाट प्राप्त भएको छ ।

सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएर बर्खास्त गर्न आग्रह गरेका स्रोतको भनाइ छ ।

ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो । शाहीले आजै वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार आज मन्त्री बनाउन थालेका हुन् । स्रोत :- मिडिया हाम्रो