सुर्खेत । प्रतिनीधिसभा सांसद पार्वती विशुन्केले दैलेखमा १५ शैयाका दुई अस्पतालको शिलान्याश गरेकी छन् । गुराँस गाउँपालिकाको रतिखोला र नौमुले गाउँपालिकाको नौमुले अस्पतालको शिलान्याश गरेकी हुन् ।
देशभरी कुल लागत अनुमान ६ अरब भन्दा बढी रकमबाट २ बर्ष भित्र एकै डिजाईनका ३९६ अस्पताल ५ देखि १५ शैयासम्मको बनाईने र ५ शैयाको अस्पतालमा १ मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा २ मेडिकल अफिसर १७ जना स्वास्थ्यकर्मी र १५ सैय्याको अस्पतालमा ३ मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी रहने व्यवस्था सरकारको सांसद पार्वती विशुन्केले बताइन् । ‘आधारभुत स्वास्थ्य सेवामा सबै जनताको पहुँच पु¥याउने उदेश्यले यो कार्यक्रम लयाईएको हो ।’ उनले भनिन्,‘आधारभुत स्वास्थ्य उपचार नपाएर रोग लागेर कसैले पनि उपचार नपाउने अवस्था आउँदैन् ।’
हामीले विश्वास गरी पठाएका जनप्रतिनिधिले हाम्रो मर्का बुझे भनि गुराँस र नौमुलेबासी लगायत स्थानीय जनप्रतिनिधि हर्षित भएको गुराँस गाउँपालिका अध्यक्ष खेम वली बताए । ‘सरकारको यो जनमैत्री काम भएकाले यस्लाई समयमै निर्माण गरी द्रुत गतिमा जनतालाई सेवा दिनु पर्नेछ ।’ उनले भने,‘स्वास्थ्य जनता आधारभूत अधिकार छ ।’