काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा नआएका हुन्।

‘आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनु भएन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने।

अध्यक्ष ओलीकै उपस्थितिमा पार्टीभित्र देखिएका संकटबारे छलफल गर्नु उपर्युक्त हुने बैठकको निष्कर्ष रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

कबलष्mब दयह बम द्धदष्मज बिद दयह बम छ
‘आगामी बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक मंसिर २० गते १ बजे र स्थायी कमिटी बैठक मंसिर २१ गते १ बजेदेखि सुरू हुने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

उनले पार्टी संवदेनशील मोडमा रहेको पनि बताए। अबको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली उपस्थित हुने विश्वास पनि श्रेष्ठको छ।

उनले यसअघिको सचिवालय बैठकमा अध्यक्षद्वयका प्रस्तावबारे औपचारिक छलफल सुरू भएको पनि बताएका छन्।

यस्तै एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पार्टीभित्र देखिएका समस्या समाधानका लागि र बैठकमा उपस्थति हुन मंसिर २० गतेसम्म समय दिइएको छ।

लअभिि ष्ल
‘धेरै कुरा प्रधानमन्त्रीसँग जोडिएका विषय छन्। प्रधानमन्त्रीलाई २० गतेसम्म समय दिइएको छ। सधैं यसैगरी अघि बढ्न गाह्रो हुन्छ,’ ती सचिवालय सदस्य भन्छन्।

नेकपाभित्र पछिल्लो चरण अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध सुमधुर छैन।

कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमाथि केन्द्रीत रहेर गत शनिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जवाफी प्रस्ताव सचिवालयमा पेश गरिसकेका छन्।