१७ माघ ,सुर्खेत

आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर बिरेन्द्रनगर बनाऔं भन्ने मुल नाराका साथ मिशन नेपाल राष्ट्र निर्माण अभियान र मपबिबि मानवीकि तथा समाजिक शास्त्र संकाय को सन्युक्त सरसफाइ कार्यक्रम कर्णाली प्रदेश को एक मात्र सिटी बसपार्क मा भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिरेन्द्रनगर तथा सिटी बसपार्क लाई स्वच्छ एबम सरसफाइ क्षेत्र घोषणा गर्ने उदेश्य ले भव्य रूपमा सरसफाइ गर्दै सम्पन्न भएको थियो ।

कार्यक्रम मा समाजिक अभियान्ता अर्जुन बिसी ,बिरेन्द्रनगर स्थित व्यापारी सुर्य खत्री ,इश्वर श्रेष्ठ, भुपेन्द्रनाथ योगी लगायत मपबिबी का विद्यार्थी हरुको उपस्तिथि रहेको थियो । यो अभियान सुर्खेत को बिरेन्द्रनगर बाट सुरुवात भइ कर्णाली प्रदेश भरी चल्ने समाजिक अभियान्ता अर्जुन बिसी ले जानकारी दिएका छन ।