नगाड कुपिण्डे नगरपालिकामा छाडा चौपायहरु १०० को हाराहारिमा थिए यो ब्यबस्थापन को लागि नगर सरकारले १५० गाई बस्तु अट्ने गौशाला निर्मान गर्यो तर बनगाडका कृषकले घर पालुवा गाई र बुढा भएका गोरु पनि लगेर त्यसमै बाधिदियपछी समस्या देखिएको हो । किसानहरुले ६०० घरपालुवा जनावर ल्यायर बाधिदिदा भार थाम्न नसक्ने र गाई बस्तु लाई उचित व्यवास्थान गर्न असम्भव भएका कारण किसान हरुलाई आ आफ्नो घरबाट ल्याईयको घरपालुवा गाई गोरु फर्काउन नगर प्रमुखले आह्वान गरेका छन् ।

वनगाड कुपिण्डे नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै नगरपालिका क्षेत्रभित्र रहेका छाडा गाईवस्तु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक तयारी गरेकोमा विभिन्न टोल तथा बस्तिहरुबाट घरायसी रुपमा पालन गर्दै आएका गाईबस्तु चौपाया समेत छाडा छोडी गौशालामा पुऱ्याएको जानकारी हुन आएकोले यथाशिघ्र आ- आफ्ना गाईवस्तु चौपाया फिर्ता लिनहुन अनुरोध छ । अन्यथा नगरपालिकाले आवश्यक छानबिन गरि गाईवस्तु चौपाया सम्बन्धीत धनिको जिम्मा लगाई थप कारबाही समेत गरिने व्यहोरा जानकारी गराएको छ ।