काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर बुधबार नै सार्वजनिक हुने तयारीमा थियो तर बलिउडका कला निर्देशक नितिन देसाईको निधनको कारण कार्यक्रम स्थगित गरिएको थियो ।

‘ओ माइ गड २’ सन्नी देओलको ‘गदर २’सँगै साउन २६ गते रिलिज हुँदैछ । फिल्ममा अक्षयका साथै पंकज त्रिपाठी, यामी गौतम र अरुण गोविलको पनि मुख्य भूमिका छ । अमित रायद्वारा लिखित तथा निर्देशित यो फिल्म व्यंग्य कमेडी-ड्रामा हो । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’को दोस्रो श्रृंखला हो ।