जनप्रतिनिधि र शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने
सुर्खेत : नुवाकोटको सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक तथा जनप्रतिनिधिबाटै कार्य सुरु गरिनुपर्ने निर्णय गरेको छ। आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई सामुदायिक विद्यालयमै पठनपाठन गराउनु पर्ने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब रोक्का गर्ने निर्णय गरेको छ। निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानी गरेको थियो।
अन्य शिक्षकहरूलाई पनि प्रतिवद्धता जनाउँदै तलब दिएको छ। यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ।
गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको बताए। उनले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्