सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार सुर्खेत आउने लागेका छन् । पार्टीले सिटीहलमा आयोजना गरेको प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागि हुन् उनी सुर्खेत वीरेन्द्रनगरमा आउन लागेका हुन् ।

उनिसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सुर्खेत आउन लागेको प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत भने सुर्खेत आइसकेका छन् । यस्तै उपमहासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’, सुर्खेत आउने भनिएपनि उनी व्यस्त भएकाले नआउने भन्ने कुार गरीएको उनले बताइन् ।

उनकाअनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका पालिका कमिटीका पदाधिकारीहरु भन्दा माथिका सबै कार्यकर्ता, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ सोमवार प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरी सोही दिन काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।