सुर्खेत । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । ६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय युवा संघ कर्णालीको प्रथम अधिवेशनबाट दैलेखका शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा कालीकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह–सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही चयन भएका छन् । कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् । सदस्यहरूको टुंगो भने यसअघि नै लागि सकेको थियो ।