यहि मिति २०८० भदौ ३० गते शनिबार यस श्री जन नमुना माध्यमिक विद्यालय का युवा रेडक्रसका पदाधिकारी र शिक्षक हरु द्वारा मानव सेवा आश्रम सुर्खेत मा मुठ्ठी दान सहयोग गरेका छन् । 

मुठ्ठी दान सहयोग कार्यक्रम जन नमुना माध्यामिक विद्यालय मा रहेको युवा रेडक्रस सर्कल द्वारा गरिएको हो जसको नेतृत्व रेडक्रस सर्कल का अध्यक्ष किरण अधिकारी ले गरेका हुन् ।किरण अधिकारी को नेतृत्व मा गरिएको कार्यमा जन नमुना माध्यामिक विद्यालय मा रहेको सम्पूर्ण शिक्षक र विद्यार्थी  बाट मुठ्ठी दान सङकलन गरिएको अध्यक्ष किरण  अधिकारी ले जानकारी दिए । 

विद्यालय बाट र युवा को नेतृत्व मा समाज परिवर्तन गर्नु पर्छ र युवाहरु ले नै मानव सेवा देखि सम्पूर्ण कार्यको नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो र यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने विद्यालय परिवार र सम्पूर्ण  विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे ।