काठमाडौं : अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा पूर्व मन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्व सचिवसमेत रहेका पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले उनलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको छ। खिलराज रेग्मी नेतृत्वको सरकारका बेला श्रेष्ठ शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री थिए।