पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो।भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।पाकिस्तानी क्रिकेट बोर्डले आफ्नो टिमको विमानस्थलदेखि होटलसम्म भएको स्वागतको भिडिओ सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको छ।पाकिस्तानी कप्तान आजमले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा हैदरावादमा देखिएको प्रेम र सहयोगले भावुक भएको उल्लेख गरेका छन्।