अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३ सय ७१ दिन बिताएर दुई रुसी तथा एक अमेरिकी अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् ।सोयुज एमएस २३ क्याप्सुल मार्फत् नासाका अन्तरिक्षयात्री फ्रांक रुबियो तथा रुसी अन्तरिक्षयात्री सर्गेई प्रोकोपियेभ र दिमित्री पेतेलिन पृथ्वीमा फर्किएका हुन् । उनीहरु चढेको क्याप्सुल सेप्टेम्बर २७ मा कजाकिस्तानको मरुभूमिमा सुरक्षित रुपमा अवतरण भएको हो ।उनको यात्राबाट धेरै महत्वपूणर् जानकारी मिल्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्। अब उनीबाट मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांसपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने बताइएको छ।