गुल्मी जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ ।गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७९÷०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले ९६.४४ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।