क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्।
नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए।
चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए। दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए।नेपाल प्रहरीको क्रिकेट टिममा ऐरीले कप्तानीको भूमिकासमेत निर्वाह गरिरहेका छन् ।