ईजराईलमा १० नेपाली मारिएकाे पुषपुष्टी सबै विद्यार्थी
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।
“तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म इजरेलको गाजासँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र चार जना घाइते अवस्थामा रहेका पुष्टि भएको छ।”
मन्त्रालयले इजरेलबाट स्वदेश फर्कन चाहनेहरूलाई नेपाल ल्याउने पहल पनि भइरहेको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “…नेपाली नागरिकहरूको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।”
दूतावासका अनुसार अहिले तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवतजावत पुमः सञ्चालन भइसकेको जानकारी प्राप्त भएको छ।मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने कर्णाली, मधेश र कोशी प्रदेशका पनि रहेका छन्।ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमिम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्