काठमाडौं । राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान किरण चेम्जोङ बाबु बन्ने भएका छन् । उनकी पत्नी कञ्चन निरौलाले टिकटकमार्फत खुशीको खबर शेयर गरेकी हुन् ।कञ्चनको टिकटक अकाउन्टमा उनको बेम्बी बम्पसहितका तस्वीर र भिडिओ देख्न सकिन्छ । उनले आफूहरुलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको जानकारी दिएकी छन् ।‘हामी २०२४ मा हाम्रो सानो बच्चालाई स्वागत गर्दैछौं । हामीले जे कामना गरेका थियौं, त्यो पूरा भयो’, उनले लेखेकी छन् ।किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए ।