काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र एसियाली विकास बैंक (एडीबी) छलफल भएको छ। आइतबार नाडाको सचिवाल टेकुमा नाडा र एडीबी पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको हो।

नाडाका अध्यक्ष करण चौधरीसहित बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाइ कसरी अगाडी बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्नेसमेत तय भएको छ।

विद्युतीय सवारीको विस्तार तीव्र्र गतीमा भइरहेको र त्यसका लागि आवश्यक पूवाधार विकास र विकसित प्रविधि बारे छलफल भएको थियो।

उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो।