सुर्खेत । अन्तत बुढानिलकण्ठले बालकोटलाई आश्रय दिएपछि बालुवाटारबाट प्रचण्ड रिङ आउट हुने भएका छन । अब केही चमत्कार नभए बाल्कोटबाट ओलि बालुवाटार सर्ने र बालुवाटारबाट प्रचण्ड आफ्नै खुमलटार आफ्नै पुरानो डेरामा फकर्ने लगभग निश्चित बनेको छ । आफू संग जादुमय नम्बर छ बन्दै सरकारमा छिर्केदाउ हानिरहेका प्रचण्डको नम्बर
यतिखेर फेल खाएको छ । प्रचण्डको ३२ नम्बरलाई प्रयास्त गर्ने गरि काङ्ग्रेस सभापति शेर बहादुर देउबा र एमाले अध्यक्ष केपि शर्मा बिच मध्यरात मै लिखित रुपमा सहमती भएपछि अब आलोपालो सहमति अनुसार अब केपि शर्मा ओलि डेढ बर्ष प्रधानमन्त्री बन्ने छन ।

सोमबार सत्ता परिवर्तनका लागि बालुवाटार देखि चपली हाईट सम्म के के भयो ।

बिहान ९ बजे बालुवाटारमा भेट सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलि बिच डेढ घन्टा बार्ता भयो । ओलिका असुन्तुष्ट मागलाई सम्बोधन गर्न प्रचण्ड भगिरत प्रयासमा थिए तर ओलिले शुभ संकेत दिएनन । ओलिको लागि चाहे प्रधानमन्त्री छोड्न तयार थिए । तर ओलिले प्रधानमन्त्री भन्दापनि एजेन्डामा असन्तुष्टि जनाए ।

अपरान्ह ३ बजे काङ्ग्रेस पदाधिकारी बैठक ।

ओलिसंग सम्बाद सकारात्मक भएको देउबाले काङ्ग्रेस बैठकमा पदाधिकारीलाई जानकारी दिए।
यसबाट गरिएको अनुमान स्वभाभिक रहेको देउबाको टिप्पणी थियो । चिया गफ भएको र सम्बन्ध सुधार भएको आस्वस्त पारे ।

अपरान्ह ४ बजे चौशरी भिमान्तमा मस्यौदा

एमाले महासचिव शंकर पोख्रेल र काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक बिच झम्सिखेल स्थिति चौधरी समुहको भिमाकान्तमा भेटघाग भयो संविधान संसोधन सहित राष्ट्रिय सहमतिको सरकार बनाउने मस्यौदा तयार गरियो ।

अपरान्ह ४ बजे मन्त्रीपरिषदको बैठक

ओलिको चासो सम्बोधन गर्न भन्दै सिबोन अध्यक्ष नियुक्त प्रक्रिया अगाडि बढाउन पुरानै समिती जगाउने निर्णय भयो । गठबन्धन पुरै समय जाने भन्दै मन्त्रीलाई बृफिङ गरे । मिडिया ट्रायल भयो भन्दै सन्चारमन्त्री रेखा शर्माले आरोप लगाईन ।

अपरान्ह ४:३० बजे ओलि देउबा भेट

बबहरमहल स्थित एकघरमा केपि शर्मा ओलि र काङ्ग्रेस सभापति देउबा बिच भेटबार्ता भयो । सहमतिको मस्यौदा तयार गरेर सोमबार नै हस्ताक्षर गर्ने तयारी भयो ।
अपरान्ह ५ बजे संसदमा ओलि

संसदमा पुगेका एमाले अध्यक्ष ओलिलाई सन्चारकर्मी सोधे तपाईं कहिले प्रधानमन्त्री सफथ लिनुहुन्छ भनेर सोध्दा ओलिको जबाफ थियो यो बर्ष त भईदैन होला तर ओलिले प्रसन्न् मुद्रामा संकेत गरेका थिए ।

साझ ६ बजे माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्री प्रचण्ड र माओवादीका पदाधिकारी बिच छलफल भयो । सत्ता गठबन्धन निर्वाचन सम्म रहने अगामी निर्वाचनमा एमालेसंग तालमेल गर्ने निर्वाचन पछि कम्युनिस्ट एकता गर्ने प्रचण्डले पदाधिकारीलाई सुनाए ।

राती ९ बजे देउबा र ओलि सहकर्मीसंग भेट

राती ९ बजे बुढानिलकण्ठ स्थित काङ्ग्रेस सभापति देउबाको निवासमा काङ्ग्रेस निता बिच छलफल चल्यो उता एमाले अध्यक्ष ओलि र नेताहरु बालकोट निवासमै थिए काङ्ग्रेस संगको सहकार्य बारे मन्त्री तथा नेताको जिज्ञासा् थियो । छलफल चलेपनि ओलि यहि सरकार चलाउन चाहेको जबाफ आयो । उपाध्यक्ष बिष्णु पौडेल र उपप्रधानमन्त्री रघुबिर महासेठ त्यहाबाट घर फर्किए ।

राती ११ बजे निवासबाट निस्किए ओलि देउबा ।

एमाले अध्यक्ष ओलि महासचिवलाई लिएर महाराजगन्ज पुगे बासबारी स्थित चपलीमा प्रस्थान गरे । एक उधमी रामेश्वर थापाको निवासमा काङ्ग्रेस सभापति देउबा, प्रमुख सचेतक रमेश लेखक ,अनि ज्ञानेन्द्र बहादुर कार्की केपि शर्मा ओलिलाई पर्खी रहेका थिए ।

राती १२:१५मा चपली हाईट सहमति

राती मध्यरातमा नेपालि राजनितीमा भुईचालो जाने गरि गर्ल्याम्म भएको आवाज आयो । अर्थात प्रचण्ड सरकार ढालेर काङ्ग्रेस एमालेको सरकार बन्ने सहमती बन्यो । एमाले महसचिब संकर पोख्रेल र काङ्ग्रेस सचेतक रमेश लेख्ल बिच तयार पारिएक मस्यौदामा मध्यरातमा हस्ताक्षर भयो । सहमति अनुसार एमाले अध्यक्ष केपिशर्मा ओलि नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने पहिलो नेतृत्व ओलिले डेढ बर्ष सरकार चलाउने डेढ बर्ष देखि देउबालाई पालो दिने राष्ट्रिय सहमतिको सरकार भएकाले सकेसम्म सबै दललाई सामेल गराउने निर्वाचन प्रणाली सुधार गर्ने देखि संविधान संसोधन गर्ने समझदारी भयो । यस मस्यौदामा एमाले अध्यक्ष केपि शर्मा ओलि र सभापति देउबा बिच हस्ताक्षर भयो ।