सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम सुरु भएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजन र संसदीय मामिला पत्रकार समाज कर्णालीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै सचिव शर्माले पत्रकारहरूलाई संविधान हेरेर बुझेर जनप्रतिनिधिको समाचार लेख्न सुझाव दिएका छन्। उनले भने, पत्रकारिता ज्ञानको विषय हो, तपाईले यसलाई कसरी लिनुभएको छ र कर्णालीकै ऐनकानुन हेरेर ज्ञान लियो भने आम पत्रकारलाई नै सजिलो हुनेछ र जनप्रतिनिधिले ऐन कानुनअनुसार काम गर्नुभएको छ कि छैन, त्यही अनुसार समाचार लेख्न सकिन्छ।

सचिव शर्माले संसदीय रिपोर्टिङको आधार राम्रो भएको हुँदा लिएको तालिमलाई सही ठाउँमा प्रयोग गर्न आग्रह गरे। शर्माका अनुसार,पत्रकारलेलेखेको कुराले बन्द भएको आँखा खुल्ने विश्वास आम नागरिकमा रहेको छ।

कार्यक्रममा संसदीय पत्रकारिताको इतिहास र विकासक्रम, चौथो अंगको अवधारणा र संसदमा पत्रकारको भूमिकालगायतका विषयमा छलफल भएको हो।सचिव शर्माले नेपालको बजेटको प्रणली बारे थप प्रष्ट पारेका हुन् । साथै पत्रकारको कलम, नागरिकका लागी मलम भन्ने उनको बुझाई रहेको बताए। कर्णालीका केहि पत्रकारहरूको उपस्थिति रहेको थियो भने सबै उपस्थीत पत्रकारलाई प्रमाण पत्र हस्तान्तरण भएको हो ।  उक्त कार्यक्रमको दोस्रो दिन हालका मुख्यमन्त्री यामलाल कडेलले भन्नुभयो, प्रत्रकारले लेखेका समाचारले नागरिकमा महत्वपुर्ण भुमिका रहेको हुन्छ । र खोजपुर्ण पत्रकारीता गर्न पत्रकारलाई आग्रह पनि गरेका छन् ।रकर्णाली प्रदेश सभामा पत्रकारको उपस्थीत कम हुने गरेको बताए । साथै  कार्यक्रम समापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले गरेका हुन ।