सुर्खेत । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा शनिबार बिहान भएको आगलागीबाट लाखौंको धनमालको क्षति भएको छ । बिहान खाना पकाउँदै गर्दा एक घरमा आगलागी हुँदा ११ घरधुरी जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
शनिबार बिहान खाना पकाउने क्रममा एक घरमा आगलागी भएको त्यसले ११ घरधुरी पूर्ण रुपमा क्षति भएको वडा तिलागुफा नगरपालिका–४ राँचुलीका वडा अध्यक्ष खड्कबहादुर शाहीले बताए । ‘घर र काठले छाएका घर भएका कारणले आगलागीलाई नियन्त्रणमा लिन सकिएन् ।’ उनले भने,‘घरमा भएको सबै धनमाल नष्ट भएको छ ।’
११ घरधुरीका सबैको अन्नपात, लत्ताकपडा, बस्तुभाउ पनि जलेको वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
आगलागी भएर ११ घरधुरीमा क्षति पुगेको खबर आएको र त्यसतर्फ प्रहरी परिचालन गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘प्रहरीले घटनास्थलमा पुगेको क्षतिको विवरण संकलन गर्दैछ ।’ उनले भने,‘प्रहरीको मुचुल्का पछि मात्र क्षतिको विवरण आउने छ ।’
आगलागीबाट घरवार बिहिन भएकालाई तत्काल खान र बस्नका लागि नगरपालिकाले व्यवस्था गर्ने तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘आगलागी ठुलो क्षति भएको छ ।’ उनले भने,‘पीडितलाई तत्काल राहत र खाना बस्नको व्यवस्था नगरपालिकाले गर्ने तयारी गरेको छ ।’