सुर्खेत। जाजरकोट नलगाड नगरपालिका वडा न ७ मा रहेको श्री त्रिभुबन उच्च माध्यामीक विध्यालय दल्लीको विध्यालय हाल बिभातमा रहेको छ । केहि समय अघिबाट प्रधानाध्यापकमा कार्यरत ज्ञानेन्द्र बहादुर सिंहलाई हटाईएको छ र हाल नगरपालिकाले तोकेको प्रधानाध्यापक योगेन्द्र आर सीलाई नियुक्त गर्ने भएको छ । यसमा नगरपालिकाको धारणा यस्तो छ ।

नगर प्रमुख डम्बर बहादुर रावत ,

केहि बर्ष देखि प्राधानाध्यापकको रुपमा कार्यरत ज्ञानेन्द्र बहादुर सिंह रहनुभएको थियो । नगरपालिकाले ७९ भदौ मसान्त भित्र नयाँ विव्यस समिति गठन गरेर ३।३ बर्ष गरेर चलाउने निर्णय भएको हो । तर त्यो निर्णय सो प्रधानाध्यापकले पालन नगरेको आरोप लगाए । त्रिभुवन उच्च माध्यामिक विध्यालयको बैँक खाता नगरपालिकाको शिक्षा शाखाले केहि समय अघी बन्द गरेको थियो र बन्द भएको लगत्तै पुण सञ्चालनमा आएको हो । प्रमुख बताउछन, लोकतन्त्र विधि प्रणाली मानेपछि सिस्टम अनुसार  चुनाबमा जानुपर्यो, अथवा नयाँ समिति गठन गर्न पर्यो भन्ने कुरा भए लगत्तै भूकम्पले केहि समय रोकीदा सामान्य अबस्थामा रहेको थियो त्यसै अबसरमा वि.व्य.स गठन गरेको र ३ बर्ष पुरा भयो भने स्वत अबैध भैहाल्ने बताए । आफुले नगर शिक्षा शाखा प्रमुख लाई नयाँ वि.व्य.स गठन गर्न लगाएको बताए । बिध्यालयले समिति गठन गर्न अन्य प्रयास गरेको थियो , तर सहमति नभएपछि निर्बाचित भएर आउने भन्ने कुरा हुँदा निर्बाचित भएर आएका हुन । प्रमुखका अनुसार अब एक जना प्रधानाध्यापक र अर्को एकजना चाँहि सह प्रधानाध्यापक हुने हुन्छ । ज्ञानेन्द्र सिंहले जुन निर्बाचित भएर आएका वि.व्य.स समितिलाई सहजिकरण नगरेको बताए । चुनाब बैसाख ३१ गते भएको र अहिले असार ३१ गते हुदाँ पनी नभएपछी सिनियर प्रथम श्रेणी योगेन्द्र आर सि ले प्रधानाध्यापकमा दाबि गरेका हुन । र सिनियरले दाबि गरेपछि जुन अहिलेको विव्यस समितिले सिनियरलाई अगाडि बढाउन योगेन्द्र आर सि को नाम शाखामा पठाएको हो । र शिक्षा समितिको मिटिङले सिनियरलाई मान्यता दिएको जानकारी दिए । र स्थानिय तहमा वि.व्य.स समितिको लागि कुनै योग्यताको मापदण्ड नभएको र निर्बाचित मध्धेबाट भन्ने छ र निर्बाचित बाट जेष्टको अध्यक्षतामा बैठक बसेपछी सहमतिमा भए जो कोहि हुन पाउने र असहमत भए दाबि लाग्न पाउने ब्यबस्था रहेको बताए ।

निर्बाचित भएर आइसकेपछी ४ जनामा ३ जनामा सहमति भएको थियो र एकजनाको आफनै स्कुलको कार्यालय सहयोगिको श्रीमतिलाई बनाएको बताए । प्रधानाध्यापकको लागी सम्पती छानबिनको लागी सिडीयोद्धारा आदेश भएको बताए । विध्यालयको सम्पति सिटिजन बैकमा भएको ४ करोड ५५ लाख रुपैया सो खातामा नभएको बताए । त्यसकारण सिडियोले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत को सयोजकत्तोमा लेखा र योजना शाखालाई सदस्य राखेर छानबिन गर्ने भएको बताए । सिटिजन बैकमा रहेको त्रिभुबन मा बि को रकम शुन्यमा रहेको बताए । त्यो कता कता गयो भन्ने थाहाँ छैन भन्ने सुन्नमा आएको र त्यो कुरा जिल्ला प्रशासन कार्यालयमा पुगेपछि सो कार्यालयले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको सयोजकत्तोमा लेखा र योजना शाखालाई सदस्य राखेर एकहप्ता भित्र सम्पतिको छानबिन गरेर पठाउने भएको बताए । र सार्बजनिक सुनुवाई नभएको २५ बर्ष भएको नगर प्रमुखको भनाई रहेको छ ।

 ज्ञानेन्द्र बहादुर सिँहको कानको समस्या हुदाँ उहाँको दाई सगँको कुराकानि

नरायण बहादुर सिंहका अनुसार, प्रधानाध्यापकको कार्यकाल ५ बर्षको हुन्छ, र जुन कार्यकाल नमुना विध्यालयको लागि करार ५ बर्षको लागि सम्झौता भएको छ । र त्यो सम्झौता अनुसार ५ बर्षमा अहिले २ बर्ष मात्र भएको छ, र अझै ३ बर्ष बाँकि रहेको छ । शिक्षा इकाईले र नगर शिक्षाबाट पनि ५ बर्षको लागि नियुक्त दिएको छ । प्रधानाध्यापक नियुक्त गर्न पनि शिक्षाको आफनो नियम कानुन अनुसार रहेको छ आफुले त्यसै अनुसार गरेको बताए । बिषेश गरी नगरपालिकाले विध्यालयलाई गलत धारणा बनाई बिभिन्न माध्यमबाट दवाब दिई प्र.अ लाई हटाउने सडेन्त्र रचेको बताए । र बारम्बार नगरपालिकाले सो विध्यालयलाई चिठी पठाईरहेको छ । र नगरपालिकाले बनाएको जुन वि.व्य.स गठन अहिले बनेको छ त्यो कानुन बिपरीत भएको र त्यसलाई  असुईकार गरेको बताए । विध्यालय ब्यबस्थापन समितिमा एकजना प्रधानाध्यापक हुन्छ र एकजना शिक्षक प्रतिनिधि हुन्छ अनि एक जना वडा अध्यक्ष हुन्छ यिनिहरु भनेका पहिले नै तयारी अबस्थामा भएका हुन्छन । र त्यसपछि अबिभाबकले छान्ने ४ जना प्रतिनिधि हुन्छन,२ महिला २ पुरुष यी सबै बसेर २ जना सदस्य मनोनित गर्ने हो र यो सबै प्रक्रिया आफुले टुङग्याएको र नगरपालिकाले नगरेको आरोप लगाए । र उता नगरपालिकाले आफनै मनोमानिमा चुनाब गराएको दावी गरे । नगर शिक्षाले ऐनलाई मिचेर कसैको दवावमा शिक्षा प्रमुखले सिङग्नेचर गरेको पुर्व प्रअ को भनाई रहेको छ । शिक्षा प्रमुख सँग कुरा गर्न खोज्दा कुनै मिडियाकर्मी सँग पनि कुरा नगरेका हुन । साथै प्रअ ले भने आफुले पनि नगर शिक्षालाई नै उजुर गरे नगर शिक्षा नै कारबाहि पर्ने बताए । नगर शिक्षाले के भन्छ केन्द्रिय शिक्षा सग नबाज्जिने गरी नगर शिक्षा ऐन लागु हुनुपर्छ । यति बाज्जीएको छ भने त्यो धारा स्वत निष्कृय हुन्छ । र शिक्षा ऐन २०२८ लाई लत्यायर ऐनलाई सदुपयोग नगरेको र यो सबै झुट भएको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकृत उमकान्त अधिकारी

नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सयोजकत्तोमा विध्यालयमा भएको आर्थिक हिनामिनाको उजुरीमा एउटा छानबिन समिति गठन भएको छ र तत्तकाल छानबिन हुने भएको छ । छिटै छानबिन सकेर प्रतिवेदन पठाउन लगाएको बताए ।त्यहाँ पत्राचार भएर प्रमुख प्रशासकिय अधिकृतलाई विध्यालयमा भएको आर्थिक अनियमितता सम्बन्धित उजुरीको छानबिन गरेर प्रतिवेदन दिनु भनेर प्रमुख प्रशासकिय अधिकृतलाई भनेको बताउनु भयो  ।