जाजरकोट। नलगाड नगरपालिका ७ मा रहेको नगर अस्पतालमा राजनैतिक प्रभावको कारण समस्यामा देखिएको छ। अस्पतालमा केही वर्षदेखि एक करार कर्मचारीलाई तलबसुविधा मात्र नभई कार्यालय प्रमुखको जिम्मेवारी समेत दिइएको छ। जबकि अस्पतालमा चौथो, पाचौँ, र छैटौँ तहका स्थायी कर्मचारीहरू पनि छन्।

पूर्व प्रमुख राजेश सिंहले बताएअनुसार, उनले अस्पतालमा धेरै मिहिनेत गरेर काम गरेका थिए। सुरुवाती दिनहरूमा बिकट क्षेत्र भनेर कोही कर्मचारी आउन मानेका थिएनन्, तर उनी गाउँकै भएका कारण आएर सेवा गरे। उनले बारम्बार नगरपालिकालाई अस्पतालको सार्वजनिक सुनुवाइको लागि माग गरे, तर नगरपालिका द्वारा कुनै सुनवाई नभएको बताए। प्रमुख हुँदा उनलाई औषधि किन्न पठाइएको थियो र उनले विभिन्न ठाउँबाट उधारोमा औषधि ल्याएर अस्पताललाई करिब ३० लाख बराबरको आयआर्जन गराए, तर उधारो तिर्न नपाउँदै प्रमुखबाट हटाइयो। अहिले अस्पतालको ऋण आफ्नो टाउकोमा थमाइदिएको र नगरपालिकाले पनि कुनै मानमर्यादा नगरेको दाबी गरे । हाल, विशाल उप्रेती नाम गरेका करार कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् र नलगाड नगरपालिका लेखा शाखा कृति बहादुर बि क का अनुसार नगरपालिकाले डा विशाल उप्रेती लाई महिनाको झन्डै १ लाख ३५ हजार बढि तलब लिने गरेको बताए । तर, अस्पतालको सेवा भने राम्रो छैन। सलामपानीको डोरी किन्ने सम्मको व्यवस्था गर्नुपर्ने रहेको बताइएको छ। स्थायी कर्मचारीहरू हुदाँहुदै पनि करार कर्मचारीलाई जिम्मेवारी दिइएकोमा कार्यरत स्थायी कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयले नगरपालिकालाई बारम्बार छानबिन गर्न आग्रह गरेका छन्।स्थानीय जनता आनुसार नगरपालिका र कार्यपालिकाको ध्यान लुट्ने बाहेक अरु कुनै प्रयत्न गरेको देखिदैन । स्थानीयले शिक्षा, स्वास्थ्य, योजना सबैमा बेथिति गरेको आरोप लगाइएका छन्।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृष बहादुर शाहीका अनुसार, केही समयका लागि हो भने र स्थायी कर्मचारी नभएसम्म करार कर्मचारीलाई जिम्मेवारी दिन सकिन्छ। तर, नलगाडमा स्थायी कर्मचारी हुँदाहुँदै यो कानुन विपरीत भएको देखिन्छ। यो कुनै स्वास्थ्य ऐनमा उल्लेख नभएको शाहीले बताए।