दिपेन्द्र शर्मा सुर्खेत।
जाजरकोट नलगाड नगरपालिका ७ खगेनकोटका अन्दाजी ५० वर्षीय क्यान्सरपीडित बल बहादुर शाहीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । बल बहादुर विगत ६ महिना देखि फोक्सो क्यान्सरका कारण उपचारमा समस्या आएपछि शाहीका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

 
शाहीको घरको अवस्था गत १७ को भुकम्पले गर्दा आफू सँग भएको सबै पैसा घरको लगानीमा सकियो । अहिले जीवन र मृत्यु सँग लडिरहेका छन । उनको बि पि कोइराला मेमोरियल अस्पताल भरतपुर चितवनका डाक्टरहरूको सल्लाह बमोजिम फोक्सोको अपरेशन गर्नु पर्ने उनका छोरा जीवन शाहीले बताए । 
आर्थिक सहयोग सङ्कलनका लागि बल बहादुर शाही बचाउ अभियान चलाएर रकम सङ्कलन गरिरहेको करुण शाहीले बताए । बल बहादुर शाहीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले शाहीको एन आई सि एसिया बैँक नलगाड दल्ली शाखाको खाता २३५८७५०६८३००३००१ म रकम पठाउन सक्नेछन् । साथै थप जानकारीका लागि छोरा जीवन शाही ९८६६०३४०८४ र नाति करुण शाही ९८६०८३९३०४ र भान्जा धुर्ब सिंह ९८४४८८९९२० मा सम्पर्क गर्न सकिने छ ।