सुर्खेत। मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग भएको छ। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई २० सदस्यीय बनाएका छन्। प्रदेश सरकारको प्रभावकारिता प्रति व्यापक आलोचना भइरहेको बेला मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा ८ राज्यमन्त्री थपिएको छ। यस कदमलाई सत्ता टिकाउन र गठबन्धनका दलहरूलाई सन्तुष्ट पार्न गरिएको भनी आरोप लगाइएको छ, जसलाई धेरैले अस्वीकार्य र अव्यावहारिक मानेका छन्। यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो। मङ्गलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, काङ्ग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री, लोसपा बाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री, र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्।