भदौ ७ सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा साउन २७ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिरी नगराउँदा समस्या उत्पन्न भएको छ । मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ( शाखा अधिकृत दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन् ।

भट्टराई एक वर्ष देखि नलगाडमा कार्यरत रहँदै आएका छन् । शाही नलगाड बासि नै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय ,जाजरकोट , भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेत लगायत अन्य ठाउँमा बसेर ७ वर्ष भन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगरप्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेख्नुभएको हो ।

जुम्लाको गुठीचौर गाउँपालिकाका पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिनुभएको थियो । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दुख दिने , कर्मचारी भित्र विवाद ल्याउने देखि व्यक्तिगत रिसिभी साट्ने सम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताउनुभयो ।

विक  भट्टराई भन्दा सिनियर शाखा शाखा अधिकृत हुनुहुन्छ । शाहीलाई नगरप्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बिदाई म नलगाड गएर बिदाई गर्छु भन्दै आएका नगरप्रमुखले अन्तमा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजानिक भएको छ ।

हरेक सार्वजानिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली काङ्ग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख रावत प्रति उहाँकै दल समेत सन्तुष्ट नरहेको पाइएको छ ।