दिपेन्द्र शर्मा सुर्खेत ।  नलगाड नगरपालिका वडा नम्बर २ निवासी धुइरो कामीका छोरा, ५९ वर्षीय जयलाल कामी, सिकिस्त बिरामी भएपछि थप उपचारको लागि अप्रेसन गर्नुपर्ने भएको छ। उनको अवस्था कमजोर रहेकोले, नलगाड नगरपालिकाका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, र अन्य स्थानीय व्यक्तिहरूले आर्थिक सहयोग जुटाएका छन्।

यस सहयोगमा प्रमुख भूमिका निभाएका जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य शाखा प्रमुख तप्त चनाराले जनाए अनुसार, बिरामीको उपचारको लागि जम्मा ५८,२०४ रुपैयाँ रकम सङ्कलन गरिएको थियो।

सो रकम सम्बन्धित बिरामीलाई हस्तान्तरण गरिएको छ। जयलाल कामीको परिवारको अवस्था अत्यन्तै दयनीय छ। उनका बाबा र आमा दुवैले आँखा देख्न सक्दैनन्, यसकारण उनीहरूको सहारा भनेकै जयलाल थिए। जयलाल आफैँ पनि बोल्न सक्दैनन् र अरूका घरमा कामकाज गरेर आफ्नो तथा परिवारको गुजारा चलाउँथे।

यस्तो अवस्थामा जयलाल गम्भीर बिरामी भएपछि परिवार थप कठिनाइमा परेको छ। साेमबार उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भैरहेकाे छ । यस आर्थिक सहयोगको पहल स्थानीय बासी समाजसेवी लोकेन्द्र बि क र युवा सहकर्मी वीनोद रावलले गरेका हुन्। उनीहरूले रकम सङ्कलनमा विशेष योगदान गरेका थिए। यस कार्यले स्थानीय समुदायमा एकता र सहकार्यको भावना झल्किएको छ, र बिरामी जयलाल कामीको उपचारमा ठूलो सहयोग पुगेको छ।