रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ९ का स्व. चन्द्र खड्काको स्मृतिमा २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिने भएको छ ।

रुकुमेली वन प्राबिधिक समाजको वार्षिक साधारण सभाबाट स्व. खड्काको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको समाजका अध्यक्ष शेरबहादुर परियारले सामाजिक संजाल फेसवुकबाट जानकारी गराउनु भयो ।

उक्त अक्षयकोषबाट रुकुम पश्चिम जिल्लाका गरिब जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष परियारले जनकारी दिनुभयो  ।

स्वर्गीय चन्द्र खड्का उक्त रुकुमेली वन प्राबिधिक समाजको सदस्य रहेको र  गत असोज १८ गते जागिरको शिलशिलामा जिल्ला बन कार्यालय दैलखमा कार्यरत हुदा कार्यक्षेत्रमै असामयिक निधन भएको थियो ।

बुधबार समाजका अध्यक्ष शेर बहादुर परियारको अध्यक्ष्यता र जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राज कुमार शर्माको प्रमुख आतिथ्यमा रुकुमेली वन प्राबिधिक समाजको साधारण सभा सम्पन्न भएको छ ।