सुर्खेत । सुर्खेतबाट नारायणघाट जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका बनकसबासामा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतदेखि नारायणघाट जाँदै गरेको लु २ ख १५९८ नं. को बस बनकसबासामा दुर्घटनामा परेको जानकारी दिए।

बसमा सवार २६ जना यात्रु रहेको र ति सबै घाइते रहेको उनको भनाई छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।