जाजरकोट नलगाड नगरपालिका कैनामा ६ वर्षीय महान थापा झुप्रे खोलाले बगाउँदा बेपत्ता भएका छन्। प्रहरीका अनुसार बालक बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएको बेला खोलाले बगाएको हो। महान थापा स्थानीय कैन बजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका एक्लो छोरा हुन्।

घटनापछि प्रहरी र स्थानीय बासिन्दाले बालकको खोजी सुरु गरेका छन्। वडा नं ४ का वडा अध्यक्ष बद्री पन्तले बालक बगेको स्थानबाट करिब १–२ किलोमिटरको दूरीसम्म खोजी गर्दा पनि बालक फेला नपरेको जानकारी दिए। यस घटनाले स्थानीयवासीमा ठूलो चिन्ता र पीडा उत्पन्न भएको छ। थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।