बाढी र पहिरोको विपत्ति: मृत्यु सङ्ख्या १ सय ४८ पुग्यो, अझै ५५ बेपत्ता”
शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार, अझै ५५ जना बेपत्ता रहेका छन्।
बाढीपहिरोका कारण उद्धार गरिएका १ सय १ जना घाइते भएका छन् भने ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै रहेको झ्याप्ले खोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेको छ। काभ्रे जिल्लामा बाढीपहिरोले ३१ जनाको ज्यान लिएको छ भने ललितपुरमा २३ जनाको मृत्यु भएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि अझै कैयौँ व्यक्ति हराइरहेका छन्, जसका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्