सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । ३ दिन चलेको अधिवेशन पार्टी अध्यक्ष माधव कुमार नेपाल द्वारा उद्घाटन भएको थियो ।

सोमबारदेखि सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट धिरबहादुर बिष्ट सचिव र धन कुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादी कर्णाली प्रदेशले १४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।