सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन।

सुर्खेत प्रहरीले बीरेन्द्रनगर ६ गोदामलार्इनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ।

रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाँउपालिका मनोज विक,कविन्द्र सुनार मन बहादुर सुनार र सविता थापा रहेका छन।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको हो।

यसको लागत मुल्य चार लाख बराबरको रहेको प्रहरीको भनार्इ छ।

प्रकाउ परेकालार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालार्इ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।