एकीकृत समाजवादी कर्णाली प्रदेशको उपसचिवमामा जिसी निर्वाचित
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको उपसचिवमा धन कुमारी जिसी निर्वाचित भएकी छिन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले जिसीलाई सर्वसम्मत पसचिवमा निर्वाचित गरेको हो । ३ दिन चलेको अधिवेशन पार्टी अध्यक्ष माधव कुमार नेपाल द्वारा उद्घाटन भएको थियो ।
सोमबारदेखि सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी र धिरबहादुर बिष्ट सचिवमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी कर्णाली प्रदेशले १४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्