प्रधानमन्त्री ओलीद्वारा सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुसँग बैठक आह्वान
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका सबै मन्त्री र सबै मन्त्रालयका सचिवहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। चालु आर्थिक वर्षमा सरकारले गरेका उपलब्धि, योजना, र कार्यसम्पादनको समीक्षाका लागि बैठक आह्वान गरिएको हो।
प्रधानमन्त्री ओलीले यो बैठकमार्फत मन्त्रालयहरू बीच समन्वय वृद्धि गर्न र सरकारका प्राथमिकताहरू लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्