काठमाडौं, – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग’ (एनपीएल)को पहिलो संस्करण शनिबार सम्पन्न भएको छ। उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेखनीय उपस्थितिमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले उपाधिको बलियो दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्यो।
पारस खड्काको प्रतिक्रिया
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अर्को संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “एनपीएलको पहिलो संस्करणबाट थुप्रै कुरा सिकेका छौं। दोस्रो संस्करणमा अझ उत्कृष्ट आयोजनाको सुनिश्चितता गर्नेछौं।”
एनपीएलको पहिलो संस्करणले नेपाली क्रिकेटप्रति दर्शकहरूको उत्साह र समर्थन देखाएको छ, जसले आगामी दिनमा नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्याउने छ ।
प्रतिक्रिया दिनुहोस्