सुर्खेत – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ। मंसिर २६ देखि पुस २ गतेसम्म सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर रहेको कार्यविभाजन पत्रअनुसार सबै पोलिटब्युरो सदस्यहरूलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज तोकिएको छ। 

राप्रपाले उपनिर्वाचनको हारबारे अध्ययन गर्न समिति गठन गर्‍यो

स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हारको कारण पत्ता लगाउन समिति गठन गरेको छ।

शनिबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा भएको कमजोरी र त्यसले पारेको प्रभावको अध्ययन गर्न संगठन विभाग प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिले छिट्टै प्रतिवेदन बुझाएर पार्टीलाई सुधारका उपायहरू सुझाउने बताइएको छ।