जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ मा एक महिलाको दुखद निधन भएको छ। दानिपिपल माइतीघर भएकी र आठविसकोट नगरपालिकामा घर भएकी ४३ वर्षीया धनि परियारको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका सहायक निरीक्षक अर्जुन खड्काले जानकारी दिए।

प्रहरीका अनुसार घटना विहिबार अन्दाजी दिउँसो ३ बजे भएको हो। स्थानियले उद्दार गरी नलगाड नगर अस्पताल पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

मृतक परियार दुई छोरा र एक छोरीकी आमा हुन्। उनी बाख्रा चराउन गएकी थिइन्। भिरबाट खसेको केहि समयपछि स्थानिय ले खबर पाएका थिए ।