सुर्खेत – काठमाडौं उपत्यकामा आज बिहान ६ बजेर ५२ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको थियो, र यसको तीव्रता ७ म्याग्निच्युड रहेको छ।

भूकम्पको धक्का काठमाडौं मात्र नभई नेपालको धेरैजसो जिल्लामा महसुस गरिएको छ। करिब २५ देखि ३० सेकेन्डसम्म रहेको यो कम्पनले उपत्यकाका मानिसहरूलाई आत्तिएर घरबाहिर निस्किन बाध्य बनायो।

भूकम्पको धक्का महसुस हुनासाथ धेरै स्थानीय सडकमा जम्मा भएका छन्। सुतिरहेका मानिसहरू एकाएक घरबाहिर निस्किँदा सर्वसाधारणमा त्रास फैलिएको छ।

यस भूकम्पबाट भएको क्षति र थप विवरणका लागि अनुसन्धान जारी रहेको छ। सम्बन्धित निकायहरूले हालसम्म कुनै ठूलो मानवीय या भौतिक क्षतिको खबर प्राप्त नभएको जानकारी दिएका छन्।