काठमाडौं, – बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवनहरू जलमग्न बनेका छन्। बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि बगेको पानी भवन परिसरसम्म पुगेको हो।

पानी जम्दा विशेष अदालत परिसरमा रहेका सवारी साधनहरू डुबेका छन् भने अवतजावतमा समस्या देखिएको छ। साथै, बबरमहल क्षेत्रमा सडक जलमग्न हुँदा यातायात समेत प्रभावित भएको छ।