अब राप्रपाको चुनाव चिन्ह ‘हलो’

भदौ ६,काठमाडौं ।
एकिकरण प्रक्रियामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलो हुने भएको छ । ६ महिनापछि राप्रपा र राप्रपा संयुक्तका नेताहरुले हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका हुन् ।

चुनाव चिन्हलाई लिएर सहमति जुट्न नसक्दा एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुन ढिला भइरहेको थियो ।
पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीच पटक पटक भएको छलफलपछि चुनाव चिन्ह हलो बनाउने सहमति जुटेको हो।

अध्यक्षमध्येका एक कमल थापाले मंगलबार विहान आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको जनाएका छन्।
उनले ट्वीटरमा लेखेका छन–‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ’गाई’ उपयुक्त चुनावचिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथीरशुभचिन्तकहरुमा अपिल गर्दछु। अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’
ट्विटमा उनले आफू नेतृत्वको गाईं अंकित पार्टीको झण्डा समेत पोस्ट गरेका छन्।