काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको युद्धमा परी १० नेपाली विद्यार्थीहरुको निधन भएको र अन्य कयौँ घाइते भएकामा दुख प्रकट गरेका छन्। इजरायलमा रोजगारमा रहेका नेपालीहरु युद्धको चपेटाबाट रहेकामा गम्भीर चिन्ता लागेको पनि पूर्वराजा शाहले दुख व्यक्त गरेका छन्।

पूर्वराजा शाहले वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन्। उनले यस अवस्थामा शान्त कूटनीतिक क्षमता दर्शाउने आवश्यकता रहेको पनि बताएका छन्।

आजको दुनियाँमा युद्ध र द्वन्द्वले कहिँ पनि राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजाले दर्शाएका छन्।